नियम १७
रिभर गाइडको काम, कर्तव्य र अधिकार
रिभर गाइडको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) जलयात्रीहरुलाई जलयात्रा गराउन सकिने नदीमा जलयात्रा गराउने,
(ख) जलयात्राको लागि नेपाल सरकारबाट खुला गरिएका नदीमा मात्र जलयात्रा टोलीलाई जलयात्रा गराउने,
(ग) जलयात्रा टोलीस“ग अनुशासित र मर्यादित ढंगले सम्बन्ध राखी काम गर्नु पर्ने,
(घ) जलयात्रा व्यवसायीबाट जलयात्राको लागि प्राप्त मालसामानहरु हिनामिना हुन नदिने,
(ङ) जलयात्रा टोलीलाई सुरक्ष्ँित र सरल तरिकाले जलयात्रा गराउन सहयोग गर्ने,
(च) जलयात्रा टोलीलाई कुनै विपत परेमा उद्धार गर्ने र जलयात्रीको जीउधन संरक्षण गर्ने,
(छ) जलयात्राको सिलसिलामा सरसामान प्रयोग गर्दा निस्केको फोहोरमैला यस नियमावली बमोजिम व्यवस्थापन गर्ने गराउने,
(ज) मन्त्रालय र सम्बन्धित जलयात्रा व्यवसायीले दिएको निर्देशन बमोजिम काम गर्ने,
(झ) जलयात्राको सिलसिलामा कुनै दैवी प्रकोप वा विपत आइपरेमा जलयात्रीको जीउ धन संरक्षण गर्न आवश्यक अन्य कुनै पनि मनासिव काम गर्ने वा गराउने ।